• ३० असोज २०८१, बुधबार

इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी

blog

ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाही ।

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ३० गते । आपराधिक लाभको मुद्दामा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार शाहीविरुद्ध पक्राउ पुर्जी जारीसँगै थप अनुसन्धानको कार्य अघि बढ्ने बताइएको छ । 

ललितपुर प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरी सो प्रतिवेदन अदालतमा बुझाइने बताएको छ । इन्स्पेक्टर शाही अहिले फरार रहेको बताइएको छ ।