• २८ असोज २०८१, सोमबार

दुर्घटनामा एकको मृत्यु, तीन घाइते

blog

वसन्त पराजुली

नारायणगढ, असोज २८ गते । पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका वडा ३ स्थित शान्तिचोकमा आइतबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।  

खैरहनीबाट टाँडीतर्फ जाँदैगरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र टाँडीबाट खैरहनीतर्फ जाँदैगरेको ना ५६ प ९१६९ नम्बरको स्कुटर साँझ ६ बजेर १५ मिनेटतिर एकआपसमा ठक्कर खाई सो दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका वडा नम्बर १ का दिपेश चौधरी रहनुभएको छ । उहाँको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार हुँदाहुदै साझ ७ः४० बजे मृत्यु भएको थियो । उहाँ आफैले स्कुटर चलाउनुभएको थियो ।  

यस्तै, मोटर साइकल चालक चितवन खैरहनी नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २२ को अनिस बस्नेत मोटरसाइकल पछाडी  बस्ने वर्ष २२ को सुजेक दराई घाइते भई पुरानो मोडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यसैगरी स्कुटरमा पछाडि सवार वर्ष २४ को अर्जुन चौधरीको नाक र मुखमा चोट लागेको छ । उहाँको अहिले अबस्था गम्भीर रहेको र मनकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।