• २६ असोज २०८१, शनिबार

तीन चलचित्र प्रदर्शनमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २५ गते । फूलपातीको अवसरमा बिहीबारदेखि तीन नेपाली चालचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्कापन्जा–५’ सहित ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका हुन् ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्कापन्जा–५’ बनाएको हो । यसको कथावस्तुमा भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरिएको छ । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे माग्नेबुढा, निर्मल शर्मा, वर्षा शिवाकोटी, मेक्सम गौडेल रमेश बुढाथोकीलगायतको अभिनय छ । दीपाश्री निरौला निर्देशित चलचित्रका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्नेबुढा’ छन् ।

जितु नेपाल अभिनीत चलचित्र ‘ज्वाइँसाब’ पनि प्रदर्शनमा आएको छ । चलचित्रले गोवर्धन पण्डित नामक एक गाउँले अधबैँसे पात्रको कथा बताउँछ । उसको विवाह हुन सकेको छैन । त्यसैले ऊ योग्य वधूको खोजीमा छ । विवाहका लागि प्रतिस्पर्धामार्फत उनी छानिन्छन् ।

चलचित्रमा जितुका अलावा नीति शाह, बुद्धि तामाङ र शिवु पाण्डेको अभिनय छ । वसन्त निरौला निर्देशित फिल्म रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्म्सको सहकार्यमा निर्माण भएको हो । चलचित्रका प्रस्तुतकर्ता राजकुमार पण्डित हुनुहुन्छ । विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’ एक्सनप्रधान र सामाजिक कथावस्तुमा बनेको छ । चलचित्रमा शोषण र अन्याय अत्याचारविरुद्ध मुख्य पात्रले गर्ने सङ्घर्ष चित्रण गरिएको छ । समीर 

भट्ट, विराज भट्ट, न्यान्सी खड्का, कजिन कोइरालाको शीर्ष भूमिका रहेको चलचित्रका अन्य कलाकारमा सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दिया मास्केलगायत हुनुहुन्छ ।