• ३० असोज २०८१, बुधबार

दसैँमा पनि सुनसान सुनचाँदी पसल

blog

काठमाडौँ, असोज २४ गते । दसैँका बेला सधैँ जसो भिडभाड हुने न्युरोडका सुन पसल सुुनसान छन् । जताततै सामान किन्नेको चहपहल छ तर सुन पसलमा भने ग्राहक देखिँदैनन् । दसैँमा कारोबार बढ्ला भन्ने आसमा बसेका व्यवसायी निराश छन् । न्युरोडका सुन व्यापारी बुुद्धरत्न शाक्यले बजारमा माग नहुुँदा सुनको कारोबार न्यून रहेको बताउनुुभयो । विगतका वर्षमा दसैँमा धेरै कारोबार हुने गरेको थियो, यो वर्ष मूल्य बढेका कारण र उपभोक्तासँग पैसा नहुँदा सुनको कारोबार ठप्प अवस्थामा रहेको उहाँको भनाइ छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सामान्य अवस्थामा दसैँका बेला बजारमा दैनिक ४० केजी सुनको कारोबार हुन्थ्यो अहिले घटेर मुस्किल पाँचदेखि १० किलो हुने गरेको उहाँले बताउनुभयो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बजारमा माग नहुुँदा सुनचाँदीको कारोबार घटेर २५ देखि ३० प्रतिशतमा झरेको बताउनुुभयो । बानेश्वरबाट सुन किन्न न्युरोड आएकी पवित्रा न्यौपानेले मूल्य बढेका कारण सुन खरिद गर्न नसक्ने अवस्था भएको बताउनुुभयो । 

दसैँमा नयाँ गहना बनाउँला भनेर बसेको तर मूल्य बढेकाले धेरै किन्न नसकेर आधा तोलाले काम चलाएको उहाँको भनाइ छ । उहाँ मात्र नभएर अधिकांश उपभोक्ता सुन किन्न नसक्ने अवस्थामा पुुगेका छन् । दसैँमा बिहे गर्नेले थोरै सुन किनेर काम चलाउने गरेको व्यवसायीको भनाइ छ । 

“एक वर्षमा सुनको मूल्य ५० प्रतिशतले बढेकाले पनि दसैँमा सुुनको कारोबार बढ्न सकेन,” उहाँले भन्नुुभयो, “मूूल्य अत्यधिक बढेको र मान्छेको व्रmयशक्ति नहुँदा सुनको व्यापार बढ्न सकेन । बिहे गर्नेले पनि कम सुन खरिद गरेर काम चलाउने गरेका छन् । धेरैले पुुराना गहना बिक्री गर्न ल्याउने र रकम थप गरेर नयाँ गहना लाने गर्छन् ।” तिजमा पनि सुनको कारोबार नभएको व्यवसायीले बताएका छन् । 

व्यापार नहुुँदा घरभाडा र कर्मचारीको तलब खुुवाउन नसक्ने अवस्थामा हुुँदा कतिपय व्यवसायी व्यवसाय छाडेर विदेशतिर पलायन भएका छन् भने कतिपयले व्यवसाय नै परिवर्तन गरेका छन् । देशमा २२ हजारको सङ्ख्यामा सुनचाँदी व्यवसायी छन् । तिनले दुुई लाख जनालाई रोजगारी दिएका छन् । 

सुनको मूल्य निरन्तर वृद्धि

पछिल्लो तीन वर्षदेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार २०७९ असोज दोस्रो साता प्रतितोला ९१ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य २०८० असोज तेस्रो साता बढेर एक लाख सात हजार तीन सय रुपियाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार गत आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार एक सय रुपियाँ थियो । अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपियाँ थियो । एक वर्षको अवधिमा बजारमा सुनको मूल्य तोलामा ५३ हजार रुपियाँ बढेको तथ्याङ्क छ ।  

अफेरिकी फिडरल रिजर्भ बैङ्कले ब्याजदर घटाउनु साथै रुस–युक्रेन युद्ध, इरान र इजरायलको युद्धलगायतका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य निरन्तर बढ्दै गएको छ । पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले गर्दा सुन बजारमा प्रभाव परेको विश्लेषकको भनाइ छ । जसले गर्दा विश्व बजारमै सुनको माग बढिरहेको अनुमान गरिएको छ । यस्तै अमेरिकी डलर मजबुत बन्दै जानु, चीनले सुन भण्डारण बढाउनुलगायतका कारण पनि सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा नै बढेको विश्लेषकको भनाइ छ ।