• २३ असोज २०८१, बुधबार

गैँडासँग मोटरसाइकल ठोक्किँदा दुई घाइते

blog

फाइल तस्बिर ।

बोमलाल गिरी 

नवलपुर, असोज २३ गते । नवलपुर सदरमुकाम कावासोतीमा गैँडासँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । बुधबार दिउँसो २ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलमा बुटवलबाट काठमाडौँतर्फ जाँदैगरेको ना ३३ प ४२४२ नम्बरको मोटरसाइकल बाटो क्रस गर्दैगरेको गैँडासँग ठोक्किएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ। 

दुर्घटनामा दोलखा बैतेश्वर गाउँपालिका–४ का ३२ वर्षीय प्रदीप न्यौपाने र सोही ठाउँका मोटरसाइकल चालक कृष्ण दाहाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी साहले जानकारी दिनुभयो । 

घाइते दुवै जनाको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको साहले जानकारी दिनुभयो । सामान्य अवस्थामा रहेको गैँडा भने जङ्गलतिर भागेको प्रहरीले जनाएको छ ।