• १८ असोज २०८१, शुक्रबार

युएई रेड क्रिसेन्टले बाढी र पहिरो पीडितलाई सहयोग वितरण

blog

काठमाडौँ, असोज १८ गते । युएई रेड क्रिसेन्टको प्रतिनिधिमण्डलले नेपालका विभिन्न गाउँ तथा जिल्लामा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण गरेको छ । युएई रेड क्रिसेन्टले काठमाडौँस्थित संयुक्त अरब इमिरेट्सका  दूतावासको सहयोगमा र समन्वय एंव नेपाल सरकारका सम्बन्धित निकायको आवश्यक सियोगमा मानवीय परियोजना कार्यान्वयन गरेको हो ।

 सेप्टेम्बर महिनाभरिमा कैलाली, कञ्चनपुर, बाँके , बर्दिया, कपिलवस्तु, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी जिल्लाका विभिन्न गाउँमा प्रभावित परिवारको  आवश्यकता अनुसार  लगभग २० हजार थोक खाद्यान्न, ७ हजार ३ सय मेडिकल किट र ४ हजार २ सय ३६ वटा त्रिपाल वितरण गरेको छ । भौगोलिक अवस्थिति, हिमाली भूभाग र जलवायु परिवर्तन र मौसमको उतारचढावका कारण नेपालले समय–समयमा भोग्नुपरेको सबै विपद् तथा विपत्तिमा युएई सरकार सधैँ नेपालको साथमा रहनेछ ।  नेपाल सरकार र नेपाली जनतालाई युएई सरकारको निरन्तर सहयोग प्रशंसनीय छ र यो दुई देशबिचको सुमधुर मैत्री सम्बन्धको प्रमाण हो ।

स्रोत अनुसार वितरण गरिएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि यो पहिलो चरणको सहायता हो र छिटै दोस्रो चरणको पनि सहायता आउने धेरै सम्भावना छ ।