• ११ मंसिर २०८१, मङ्गलबार

भारतीय नम्बरको बस दुर्घटना हुँदा २३ जना घाइते

blog

बोमलाल गिरी

नवलपुर, असोज ८ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ विनयी खोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । 

काठमाडौँबाट भारतको राजस्थान जाँदै गरेको आरजे १४ पीसी ३४४५ नम्बरको बस गए राती करिब २ बजे तिर दुर्घटनामा परेको हो । चालकले नियन्त्रण गुमाई बस पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

घाइते सबै राजस्थानका नागरिक हुन । दुर्घटनामा बृजमोहन शर्मा, डाखाँ शर्मा, रामफूल मिना, धनपाल प्रजापति, भुलीदेवी पण्डित, रमेश शर्मा, निर्मलादेवी शर्मा, हनुमान सहाय, मधुरादेवी शर्मा, प्रह्लाद शर्मा, बनवारी लाल शर्मा र मञ्जु शर्मा हुनुहुन्छ । 

त्यस्तै बाबुलाल शर्मा, विष्णु अवतार शर्मा, मनफुली शर्मा, मुरजा शर्मा, सावित्रा शर्मा, गितादेवी शर्मा, शान्ति शर्मा, मुन्नादेवी शर्मा, रामस्वरुप शर्मा, गम स्वरुप मिना शर्मा र कैलाश शर्मा घाइते हुनु भएको नवलपुर प्रहरीले जनाएको छ । 

घाइतेहरूको विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो । बसमा ४० देखि ४५ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।