• २ असोज २०८१, बुधबार

गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउन अमेरिकी विदेशमन्त्री इजिप्ट भ्रमणमा

blog

कायरो, असोज २ गते । लेबनानमा भएको ’पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुग्नुभएको छ ।

लगभग एक वर्षअघि गाजामा युद्ध सुरु भएदेखि मध्यपूर्वको आफ्नो १०औँ यात्रामा ब्लिन्केनले इजिप्टका अधिकारीहरूसँग वार्ताको प्रयासलाई सम्बोधन गर्ने अमेरिकी विदेश विभागले जनाएको छ ।

ब्लिन्केनले भेटका क्रममा इजिप्टका नेता अब्देल फताह अल–सिसीसँग भेट्ने र विदेशमन्त्री बद्र अब्देलात्तीसँग पत्रकार सम्मेलन गर्ने अपेक्षा गरिएको छ ।

विदेशमन्त्री ब्लिन्केनको कायरो वार्ताबाट कुनै सफलताको अपेक्षा नगरेको तर इजरायल र हमास बिचको सम्झौताको लागि दबाब अभियान जारी राख्नु भ्रमणको मुख्य उद्देश्य रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

लेबनान सशस्त्र समूह हिज्बुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजहरू विस्फोटन भएपछि ब्लिन्केनले इजिप्टको भ्रमण गर्नुभएको हो । घटनामा एक बालिकासहित नौ जनाको मृत्यु भएको थियो भने करिब दुई हजार आठ सय जना घाइते भएका थिए ।

हेजबुल्लाहले इजरायललाई उक्त आक्रमणको दोषी ठहराउँदै बदला लिने चेतावनी दिएको छ ।

मिलरले यस घटनामा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नरहेको र यस घटनाको बारे पूर्व जानकारी नभएको बताउनुभएको छ । रासस/एएफपी