• १ असोज २०८१, मङ्गलबार

उपाध्यक्ष बुढाको अन्त्येष्टि

blog

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै पूर्व प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

काठमाडौँ, असोज १ गते।  रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।  

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको हो।  

उपाध्यक्ष बुढाको मङ्गलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। माओवादी केन्द्रको तर्फबाट पालिका उपाध्यक्षमा निर्वाचित उहाँ भदौ २८ गते बाग्लुङमा सवारी दुर्घटनामा पर्नुभएको थियो।  

गलकोट नगरपालिका-२ भुङखानीमा भएको सवारी दुर्घटनामा उहाँसँगै आमा ६१ वर्षीया गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष  जसबहादुर सिर्पालीको निधन भएको थियो।