• १ असोज २०८१, मङ्गलबार

सात सय भन्दाबढी क्यान्सरका बिरामीलाई नेपाल एयरलाइन्सको नि:शुल्क हवाई टिकट

blog

काठमाडौँ, भदौ ३१ गते । नेपाल एयरलाइन्सले एक वर्षमा सात सय भन्दाबढी क्यान्सरका बिरामीलाई नि:शुल्क हवाई टिकट उपलब्ध गराएको छ । 

नेपाल अर्बुद रोग निवारण संस्थाको ४२औँ स्थापना दिवसको अवसरका नेपाल एयरलाइन्सका  कार्यकारी निर्देशक युवराज अधिकारीले एक वर्षमा सात सय ७० जना क्यान्सरका बिरामीलाई  नि:शुल्क हवाई टिकट उपलब्ध गराएको जानकारी दिनुभयो । 

नेपाल अर्बुद रोग निवारण संस्थाको पहलका एयलाइन्सले चिकित्सकले  सिफारिस  गरेको वायप्सी रिपोटका आधारमा बिरामीलाई थप उपचारको लागि भारत जानु परेका नि:शुल्क हवाई टिकट व्यवस्था गरेको थियो । 

उहाँकाअनुसार पहिलो पटक जाँदा बिरामीलाई सत प्रतिशत छुट  र कुरुवालाई ५० प्रतिशत छुट व्यवस्था गरेको थियो । त्यसैगरी दोस्रो पटक जानु परेमा  बिरामीलाई ५० प्रतिशत र कुरुवालाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । 

त्यसैगरी तेस्रो पटक उपचारको लागि जानु परेमा बिरामीलाई २५ प्रतिशत र आफन्तलाई १० प्रतिशत छुटको व्यवस्था गरेको थियो । उहाँले यो सेवा विस्तार गर्दे लैजाने प्रतिबद्धता गर्नुभयो ।  संस्थाका महासचिव दीपेन्द्र वान्ताले यो सेवाले थप उपचार आवश्यक परेर भारत जाने क्यान्सरका बिरामीलाई धेरै राहत मिलेको बताउनुभयो । 

संस्थाका अध्यक्ष महेश श्रेष्ठले सरकारले क्यान्सर रोकथाम सम्बन्धी अभियान सञ्चालन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “क्यान्सर रोकथाम गर्न सरकारले केही वर्ष क्यान्सर रोकथाम सम्बन्धी अभियान वर्ष घोषण गरी काम गर्न सकेमा जनमानमा ठुलो प्रभाव पर्ने थियो ।” 

उहाँले सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न काम ऐन बने पनि कार्यान्वयन हुन नसक्नु दुखद् जिकिर गर्दैसबै मिलेर कार्यान्वयन गर्न आग्रह गर्नुभयो । क्यान्सर बनाउने मुख्य कारक तत्त्वको धूम्रपानको कर बढाउन उहाँले सरकार समक्ष माग गर्नुभयो । 

चुनौतीको रूपमा रहेको रोगको न्यूनीकरण  र रोकथाम का लागि सबेको सहकार्य रहेको उहाँका तर्क छ । खानेकुराबाटै क्यान्सरको जोखिम बढेको भन्दै उहाँले सरकारले खाद्यनको गुणस्तर कडाइका साथ जाँच गर्न सरकारसमक्ष अनुरोध गर्नुभयो । 

उहाँले भन्नुभयो, “नेपालमा नै खेती गर्ने किसानलाई कति मात्र विषादीको प्रयोग गर्ने भन्ने विषयमा मापदण्डा बनाउन सकेमा केही हदसम्म कम हुने थियो ।”