• ११ मंसिर २०८१, मङ्गलबार

राष्ट्रिय सभाका दुई समितिमा निर्वाचित सभापतिद्वारा शपथ ग्रहण

blog

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल दुई सभापतिमा निर्वाचित मायाप्रसाद शर्मा र तुलसाकुमारी दाहाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुहुँदै । तस्बिर : संसद सचिवालय

काठमाडौँ, भदौ ३१ गते । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा निर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

सोमबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा र विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसाकुमारी दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

दुई समितिमा सभापति चयनका लागि सोमबार निर्वाचन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा नेकपा (एमाले) का सांसद हुनुहुन्छ ।

यसका लागि एकीकृत समाजवादीका जयन्ती राई र तुलसा उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले आठ र जयन्तीले सात मत प्राप्त गर्नुभएको थियो । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।