• १९ असोज २०८१, शनिबार

माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते

blog

राजविराज (सप्तरी), भदौ  ३० गते ।  पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ  । 

भारदहबाट  सुनसरीतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ३८६६ नं. को विङ्गरले सडक छेउ बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीको ५० वर्षीय श्रीमती अनितादेवी अधिकारी र उनकै १० महिनाको नाति आदर्श अधिकारीलाई ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट गम्भीर घाइते भएका आदर्शको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुण्डीराज न्यौपानेले जनाकारी दिनुभयो । ठक्करबाट घाइते भएकी अनितादेवी अधिकारीको टाउको, छाती, बाया खुट्टालगायतका भागमा चोट लागेको छ । उहाँको उपचार भइरहेको छ । 

प्रहरीले विङ्गर चालक सप्तरी छिनमस्ता गाउँपालिका  ७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लि अनुसन्धान भइरहेको जनाएको छ । 

उक्त घटनापछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरोध गरेका छन् । रासस