• १० मंसिर २०८१, सोमबार

मन्त्री पाण्डे भारत प्रस्थान

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे

काठमाडौँ, भदौ २५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भारत प्रस्थान गर्नुभएको छ । मन्त्री पाण्डे भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मङ्गलबार भारत प्रस्थान गर्नुभएको हो ।

बुधबारबाट नयाँ दिल्लीमा सुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

एशिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको बिहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । 

उक्त सम्मेलनमा करीब ४१ देशका २५० भन्दा बढि प्रतिनिधिको सहभागीता हुने जनाइएको छ ।