• २२ भदौ २०८१, शनिबार

प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता : मन्त्री गुप्ता

blog

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता २१ औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, भदौ २२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारीहरूले क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा २१ औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेपछि नेपालको संविधान अनुकूल कर्मचारीतन्त्रलाई व्यवस्थित तुल्याउन नेपाल सरकारद्वारा सङ्घीय संसदमा पेस गरिएको सङ्घीय निजामती सेवा विधेयकलाई उच्च प्राथमिकतामा राखी छिट्टै पारित गराउन आफूले पहल गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कर्मचारीहरूले क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता रहेको छ । देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेपछि नेपालको संविधान अनुकूल कर्मचारीतन्त्रलाई व्यवस्थित तुल्याउन नेपाल सरकारद्वारा सङ्घीय संसदमा पेस गरिएको सङ्घीय निजामती सेवा विधेयकलाई उच्च प्राथमिकतामा राखी छिट्टै पारित गराउन विभागीय मन्त्रीको हैसियतले हरसम्भव प्रयत्न गरिरहेको छु । नयाँ निजामती सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्यौलता र अस्पष्टता हटाइ कर्मचारीहरूको मनोबल उच्च तुल्याइ सेवा प्रवाह प्रभावकारी हुने विश्वास लिएको छु ।’’

मन्त्री उहाँले नयाँ निजामती सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्यौलता र अस्पष्टता हटाइ कर्मचारीहरूको मनोबल उच्च तुल्याइ सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थायी सरकारको रूपमा रहेको निजामती सेवा जनताको आशा र भरोसाको केन्द्र भएको उल्लेख गर्नुभयो ।

मन्त्री गुप्ताले भन्नुभयो, ‘‘स्थायी सरकारको रूपमा रहेको निजामती सेवा जनताको आशा र भरोसाको केन्द्र हो । जनतालाई घरदैलोसम्म पुगी सेवा दिन निजामती कर्मचारीहरू अहोरात्र खटिनुभएको छ । समिति स्रोत, साधन एवम् पारिश्रमिकका बावजूत राष्ट्रको सेवामा निरन्तर खटिनुभएका निजामती कर्मचारीहरूको मनोबल उच्च बनाइ आफ्नो काममा थप प्रेरित तुल्याउन आवश्यक देखेको छु ।’’

मन्त्री गुप्ताले प्रदेश र स्थानीय सरकारसँगको समन्वयमार्फत आवश्यक सेवा प्रवाह र प्रशासन प्रवर्द्धनमा काम गरिरहेको बताउनुभयो । उहाँले स्थानीय तहको क्षमता अभिवृद्धि मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।