• २२ भदौ २०८१, शनिबार

पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

blog

बैङ्कक, भदौ २२ गते । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पोतोङ्तार्नले थाइल्याण्डका राजा महा वजिरालोङ्कर्नसँग स्थानीय समय अनुसार शुक्रबार साँझ ६ः१५ बजे बन्द कोठामा आयोजित समारोहबिच शपथ लिनुभएको हो ।

पोतोङुतार्नको शपथ ग्रहणसँगै पूर्व प्रधानमन्त्रीलाई पदबाट हटाएको र मुख्य विपक्षी दल विघटन भएको एक महिनाको राजनीतिक गतिरोध अन्त्य भएको छ ।

पेतोङ्तार्नले शपथपछि सरकारी गाडीमा चढ्नुअघि र सरकारी भवनबाट निस्कनुअघि पत्रकारहरूलाई अभिवादन गरेको भिडियो थाई सञ्चारमाध्यमले देखाएका छन् ।

शपथग्रहणपछि थाई नरेशले आफ्नो नयाँ मन्त्रीमण्डललाई बधाई दिँदै टेलिभिजनमा प्रसारित सम्बोधनमा वजिरालोङ्कर्नले भन्नुभयो, “मलाई विश्वास छ कि तपाईँले आफ्नो कर्तव्यहरू उत्कृष्टताका साथ पूरा गर्नुहुनेछ। ”

राज्यको संवैधानिक अदालतले अगस्टको मध्यमा आपराधिक अभियोग लागेका एक क्याबिनेट मन्त्री नियुक्त गरेको आरोपमा फेउ थाई पार्टीका सेरेथा थाभिसिनलाई बर्खास्त गरेपछि उहाँको स्थानमा पोतोङतार्नलाई नियुक्त गरिएको हो ।

सार्वजनिक प्रसारक थाई पीबीएसका अनुसार पेतोङतार्नको ३६ सदस्यीय मन्त्रिमण्डलमा आठ जना महिला छन् । यो जुन थाइल्याण्डका लागि एक रेकर्ड हो । रासस/एएफपी