• २२ भदौ २०८१, शनिबार

रसुवाको पासाङल्हामु मार्ग बन्द

blog

रसुवा, भदौ २२ गते । जिल्लास्थित पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबिच मूलखर्कमा सडक अवरुद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारीसाधन रोकिएका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण माथिबाट खसेको ढुङ्गा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन् ।

ढुङ्गा अत्यन्तै ठुलो भएकाले फुटालेर मार्ग खुलाउन ब्रेकर मेसिनको खोजी भइरहेकाले तत्काल सडक सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रजिअ खनालले जानकारी दिनुभयो । अत्यधिक वर्षपछि आएको पहिरोसँगको ढुङ्गाले सडक अवरुद्ध बनेको उहाँले बताउनुभयो ।

ढुङ्गा फुटाइ सडक सञ्चालन गराउने प्रयास गरिरहेको प्रजिअ खनालले बताउनुभयो । सडक अवरुद्ध भएकाले दर्जनौँ सवारीसाधन र यात्री मूलखर्कमा रोकिएका छन् । रासस