• २ माघ २०८१, बुधबार

घरबाट भागेपछि गायिका

blog

काठमाडौँ, भदौ २० गते । दार्चुलामा जन्मिनुभएकी देउडा गायिका दीपा रोकाया गायनमा सक्रिय रही डोटेली भाषाको प्रवर्धन गरिरहनुभएको छ । सङ्गीतप्रतिको मोहले घरसल्लाहबिना घरबाट भागेकी गायिका रोकायाले पहिलो पटक गोरख थापाको शब्दमा गीत गाउने अवसर पाउनुभयो । गायक भुवनप्रकाश बडूसँग ‘देनतरो आइगयो कुरमुरे उज्यारो भइगो’ गाउनुभएको थियो । त्यो गीत जब एफएम रेडियोमा बज्न थालेपछि मात्र परिवारले छोरी गायिका बनेको थाहा पाएका थिए ।

त्यसपछि इराकमा १२ जना नेपाली मारिएको विषयमा केन्द्रित रहेर गायिका रोकायाले लोकभाका गीत गाउनुभयो । उहाँका ‘सम्झना छाडिगए’, ‘हैन र भिनाजु’, ‘मेरा प्यारो डडेलधुरा’, ‘साली भेना’ चर्चामा छन् । लेकाली चोयाको डोको, बारुली कम्मर भाँच्मला छमछम नाचौँला, देउरानी जेठानीलगायत तिज गीतमा पनि गायिका रोकायाले स्वर दिनुभएको छ ।