• १३ पुस २०८१, शनिबार

मङ्गोलिया र रुस सम्बन्ध सुदृढ गर्न सहमत

blog

मङ्गोलिया, भदौ १९ गते । मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेलसुख र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच मङ्गलबार छिमेकी मुलुकबिचको द्विपक्षीय सम्बन्ध र सहयोगलाई प्रवर्द्धन गर्ने सहमति भएको छ ।

पुटिनको भ्रमण मित्रवत् सम्बन्ध र पारस्परिक लाभकारी सहयोग विशेषगरी ऊर्जा, सडक यातायात, वातावरण, संस्कृति, शिक्षा, स्वास्थ्य र मानवीय क्षेत्रमा विकासका लागि निकै महत्त्वपूर्ण रहेकोमा जोड दिनुभयो ।

आफ्नो तर्फबाट पुटिनले राष्ट्रपति खुरेलसुखसँगको वार्तामा राजनीतिक, आर्थिक र मानवीय सहयोगका धेरै विषयमा छलफल गरेको बताउनुभयो । अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा पनि विचार आदानप्रदान गरेको पनि बताउनुभयो । मङ्गोलियाको राजधानी उलानबटाेरमा हस्ताक्षर गरिएका कागजातहरूमा ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी अन्तरसरकारी सम्झौताहरू र वातावरण संरक्षणसम्बन्धी समझदारीपत्र समावेश छन् ।

पुटिन उच्चस्तरीय प्रतिनिधिमण्डलसहित दुईदिने औपचारिक भ्रमणका लागि सोमवार साँझ उलानबटोर पुग्नुभएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल