• १६ भदौ २०८१, आइतबार

गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता

blog

रमेश विश्वकर्मा

गुल्मी, भदौ १६ गते । गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्बर- ८ मजुवाका मनबहादुर कुमालका १६ वर्षीय छोरा असिम कुमाललाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आइतबार बिहान ८:३५ बजेको समयमा जालद्वारा माछा मार्ने क्रममा कुमाललाई स्थानीय बडिगाड खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिनुभयो ।

निज कुमाललाई बडिगाड खोलाले बगाएको भनी टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराइएको थिए । सूचना पाउनासाथ प्रहरी चौकी मजुवाका प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा चार जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बिपत उद्धार बेसबाट सहायक प्रहरी नायब निरीक्षक खडग पेमीको कमाण्डमा सात जनाको टोली र स्थानीय समेत संलग्नतामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।