• १६ भदौ २०८१, आइतबार

नाटो प्रमुखद्वारा रुसको कुर्कुसमा भएको युक्रेनी आक्रमणको समर्थन

blog

बर्लिन, भदौ १५ गते । नाटो प्रमुख जेन्स स्टोल्टेनबर्गले रुसको कुर्कुस क्षेत्रमा भएको युक्रेनी आक्रमण युक्रेनको आत्मरक्षा लागि भएको जनाउँदै युक्रेनलाई  सीमा क्षेत्रमा आक्रमण गर्ने पूर्ण अधिकार रहेको बताउनुभएको छ ।

जर्मन अखबार डी वेल्टसँगको शनिबार प्रकाशित कुराकानीमा उहाँले यक्रेनलाई अन्तर्राष्ट्रिय कानुन अनुसार आफ्नो रक्षा गर्ने अधिकार रहेको उल्लेख गर्नुभएको हो ।   

आक्रमणले किएभका सहयोगीको पनि ध्यानाकर्षण गरेको उल्लेख गर्दै, स्टोल्टेनबर्गले यसमा पश्चिमी सैन्य गठबन्धनले कुनै भूमिका नखेलेको जनाउनुभएको छ । 

स्टोल्टेनबर्गले युक्रेनको युरोपेली सैन्य उपकरणदाता तथा जर्मनीको प्रतिबद्धतालाई स्वागत गर्दै बर्लिनले अर्को वर्षको बजेटमा किएभलाई सहयोग गर्ने तयारी गरिरहेको बताउनुभयो । 

जर्मनीले युक्रेनलाइ आवश्यक सैन्य उपकरण सहयोग निरन्तर जारी राख्ने  निर्णय सार्वजनिक गर्दा चान्सलर ओलाफ स्कोल्जको सरकार गत हप्ता कडा आलोचनामा परेको थियो । रासस/एएफपी