• १० मंसिर २०८१, सोमबार

ग्यास्ट्राइटिसको समस्या

blog

अहिले धेरै देखिएका समस्यामध्ये एक हो, ग्यास्ट्राइटिस । यसलाई हाम्रो समाजमा पेटमा ग्यास बनेको वा ग्यास्ट्रिक भएको पनि भनिन्छ । पेटको भित्री सतह (अस्तर(ग्यास्ट्रिक म्युकोसा) हरूमा जलन, सुजन एवं क्षयका कारण उत्पन्न हुने समस्या नै ग्यास्ट्राइटिस हो । स्वास्थ्य अवस्था अनुसार व्यक्तिमा यसको अवधि छोटो (एक्युट) वा लामो (क्रोनिक) दुवै रूपमा देखा पर्छ । एक सर्वेक्षण अनुसार यो रोग विश्वभरका आधा जनसङ्ख्यामा देखिएको छ । यसै गरी, नेपाल पनि यसबाट अछुत रहन सकेको छैन । यहाँका युवादेखि वृद्ववृद्धासम्म धेरै मानिस यो समस्याको सिकार भएको देखिन्छ तर उचित औषधीको सेवन तथा जीवनशैलीको परिवर्तनबाट मात्रै पनि यसको निर्मलीकरण गर्न सकिन्छ । ग्यास्ट्राइटिस सरुवा रोग होइन तर यसको प्रमुख कारण ब्याक्टेरिया (हेलिकोब्याक्टर पाइलोरी) भने एकबाट अर्कोमा सर्न सक्छ ।

कारण

ब्याक्टेरियल सङ्व्रmमण (हेलिकोब्याक्टर पाइलोरी), ग्यास्ट्राइटिसको एक प्रमुख कारण हो । साथै गैरस्टेरोइडल एन्टिइन्फ्लेमेटरी ड्रग्स (एनएसएआइडीहरू) को अत्यधिक प्रयोग जुन दुःखाइ, सुजन कम गर्न र शरीरको तापव्रmम घटाउन प्रयोग गरिन्छ । जस्तै फ्लेक्सन (आइबुप्रोफेन), मेफ्टाल, एस्पिरिन आदि । त्यसै गरी अत्यधिक अल्कोहल र धूमपान सेवनले पेटका भित्तामा क्षय गरी ग्यास्ट्राइटिसको समस्या निम्तिन्छ । शारीरिक तनाव (जस्तै– सङ्व्रmमण तथा चोटपटक लागेका व्यक्ति), शरीरमा चोटपटक लाग्दा पनि त्यसले व्यक्तिमा ग्यास्ट्राइटिसको जोखिमलाई बढाउँछ । चिल्लोपिरो खाना पनि अहिले ग्यास्ट्राइटिसको अब्बल कारण बन्न पुगेको छ । यसले म्युकोसामा जलन ल्याउँछ । शरीरको प्रतिरक्षा प्रणालीले पेटको अस्तरमा आव्रmमण गरेको अवस्थामा पनि ग्यास्ट्राइटिस देखा पर्छ । 

लक्षण

माथिल्लो पेट दुख्नु वा पोल्नु, वाक्वाकी लाग्नु, बान्ता हुनु, भोक नलाग्नु, पेट ढुस्स हुनु, खानापछि वा खाँदाखाँदै पेट भरिएको वा टन्न भएको महसुस हुनु, खाना नपच्नु, पेटमा अधिक ग्यास बन्नु, मुखमा अमिलो पानी आउनु आदि सबै यसका सामान्य लक्षण हुन् । साथै म्युकोसामा घाउ भएर रगत बगेको कारणले कालो दिसा हुने, रगतको बान्ता हुने जस्ता लक्षण समेत देखा पर्न सक्छ । अनिद्रा, शरीरको तौल स्वतः घट्दै जानु पनि यसका लक्षण हुन् ।

प्रकार

अक्युट ग्यास्ट्राइटिस ः यसले पेटको अस्तरको अचानक सुजनलाई बुझाउँछ । यसमा अव्यवस्थित खानेकुरा, अल्कोहल, धेरै मात्रामा एनएसएआइडी औषधीहरू खाने र शारीरिक तनावका अवस्थाको परिणामस्वरूप पेटमा दुःखाइ हुन्छ ।

व्रmोनिक ग्यास्ट्राइटिस ः यसमा पेटको अस्तरको दीर्घकालीन सुजन हुन्छ । यो समयको साथ बिस्तारै विकसित हुन सक्छ र यदि उपचार गरिएन भने वर्षौंसम्म रहन्छ । हेलिकोब्याक्टर पाइलोरी सङ्व्रmमण, लामो समयसम्म औषधी प्रयोग, ऑटोइम्युन समस्या तथा अक्युट ग्यास्ट्राइटिसको सही समयमा उपचार नहुनु पनि 

व्रmोनिक ग्यास्ट्राइटिसको कारण बन्न सक्छ । यसले ग्यास्ट्रिक अल्सर निम्त्याउँछ ।

निदान 

यसमा मेडिकल इतिहासको मूल्याङ्कन हुन्छ, जसमा डाक्टरले लक्षण, आहार, औषधी प्रयोग (विशेष गरी एनएसएआइडी), रक्सी खपत र अन्य चिकित्सा अवस्थाको बारेमा सोध्छन् । रक्त परीक्षण, जसमा एपनमिया, एच् पाइलोरी सङ्व्रmमण पत्ता लगाइन्छ । स्टुल परीक्षणमा दिसामा रगत जाँच गरिन्छ, जुन ग्यास्ट्राइटिस वा अन्य ग्यास्ट्रोइन्टेस्टाइनल समस्याको सङ्केत हुन सक्छ । साथै पेटको अस्तर प्रत्यक्ष हेर्नका लागि एन्डोस्कोपी र आवश्यक भएमा बायोप्सी गरिन्छ । इमेजिङ परीक्षणहरू जस्तै एक्स–रे बाट पनि ग्यास्ट्राइटिसको पहिचान गर्न सकिन्छ ।

उपचारका विकल्प

यहाँ प्रयोग गरिने सामान्य औषधीहरू हुन् ः एचटु रिसेप्टर ब्लकर जस्तै– रेनिटिडिन, फामोटिडिन र प्रोटोन पम्प इन्हिबिटर जुन एचटु ब्लकरहरू भन्दा बढी प्रभावकारी हुन्छ । जस्तै– पेन्टोप्राजोल, ओमेप्राजोल । यसले पेटमा एसिड उत्पादनमा कमी ल्याउँछ । ग्यास्ट्राइटिसमा सामान्यतया पेन्टोप्राजोल नै बढी मात्रामा प्रयोग भएको देखिन्छ । त्यसै गरी एन्टासिडले पेटको एसिडलाई असर गर्छ र छिटो राहत दिन्छ । जस्तै– क्याल्सियम कार्बोनेट, म्याग्नेसियम हाइड्रोक्साइड । ग्यास्ट्राइटिस (एच् पाइलोरी) सङ्व्रmमणको अवस्थामा एन्टिबायोटिक्स जस्तै– एमोक्जिसिलिन, मेट्रोनिडाजोल, क्लारिथ्रोमाइसिन आदिको प्रयोग गरिन्छ, जसले ब्याक्टेरिया मार्दछ । यसका साथै चिल्लोपिरो कम खानु, अल्कोहल सेवन कम गर्नु तथा जथाभावी एनएसएआइडी औषधीको प्रयोग कम गर्नु पनि ग्यास्ट्राइटिसका उपचारका विकल्प हुन् ।

जटिलता

पेप्टिक अल्सरले दीर्घकालीन ग्यास्ट्राइटिस, विशेष गरी हेलिकोब्याक्टर पाइलोरी सङ्व्रmमण वा एनएसएआइडीको लामो समयसम्म प्रयोगको कारण विकास हुन्छ । पेट वा ग्रहणी (सानो आन्द्राको पहिलो भाग) को अस्तरमा हुने खुला घाउहरू हुन् । अर्को हो ग्यास्ट्रोइन्टेस्टाइनल रक्तस्राव । यसमा ग्यास्ट्राइटिसको गम्भीर सुजनले पेटको अस्तरलाई नष्ट गर्छ, जसले गर्दा रगत बग्छ । यो बान्ता वा दिसामा देखिन सक्छ, जसले गर्दा दिसा कालो हुन्छ । गम्भीर ग्यास्ट्राइटिसले पेटको अस्तरलाई कमजोर बनाएर त्यो विन्दुमा प्वाल बनाउँछ, जसलाई पर्फोरेसन भनिन्छ । यो एक मेडिकल आपत्कालीन अवस्था हो । केही अवस्थामा, पुरानो ग्यास्ट्राइटिस, विशेष गरी एच् पाइलोरी सङ्व्रmमणको कारणले गर्दा, समयको साथमा ग्यास्ट्रिक (पेट) क्यान्सर विकास हुने जोखिम पनि बढ्छ ।

समस्यासमस्या 

एनएसएआइडीहरू बाट बच्नुहोस् । आइबुप्रोफेन‌ र एस्पिरिन जस्ता एनएसएआइडीहरूको प्रयोग सीमित गर्नुहोस् । यदि तपाईंलाई यी औषधी लिनु आवश्यक छ भने, चिकित्सकीय पर्यवेक्षण अन्तर्गत गर्नुहोस् र सम्भव भएमा विकल्पहरू अपनाउनुहोस् । रक्सीको खपत सीमित गर्नुहोस् । अत्यधिक मदिरा सेवनले पेटको अस्तरलाई जलन र क्षय गर्न सक्छ । धूमपान त्याग्नुहोस् । धूमपानले पेटको अस्तरलाई हानि पु¥याउँछ र ग्यास्ट्राइटिस र अल्सरको जोखिम बढाउँछ । धूमपान छोड्दा समग्र पाचन स्वास्थ्यमा सुधार हुन्छ । राम्रो र स्वच्छ खानेबानी बसाल्नुहोस् । ब्याक्टेरियल सङ्व्रmमणबाट सर्न सक्ने भएकाले पानी उमालेर पिउनुहोस् । खाना खानुअघि साबुनपानीले हात धुनुहोस् । साथै खाना राम्रोसँग पकाइएको र भण्डारण गरिएको सुनिश्चित गर्नुहोस् । तनाव व्यवस्थापन गर्नुहोस् । दीर्घकालीन तनावले ग्यास्ट्राइटिसको विकासमा योगदान दिन सक्छ । तनाव व्यवस्थापन प्रविधिहरू जस्तै– व्यायाम, ध्यान, र विश्राम अभ्यास गर्नुहोस् । 

सन्तुलित आहार खानुहोस् । फलफूल, सागसब्जी र प्रोटिनयुक्त खाना खानुहोस् । मसालेदार, अम्लीय वा उच्च बोसो भएका खानेकुरा नखानुहोस्, जसले पेटको अस्तरलाई जलाउन सक्छ । खानामा चिल्लोपिरो, तेल अधिक उपभोग नगर्नुहोस् । ठुला खानेकुराबाट बच्नुहोस् । थोरै तर बारम्बार खानाले पेटमा एसिड उत्पादनलाई कम गर्न र पेटको अस्तरको जलनलाई रोक्न मद्दत गर्छ । क्याफिन सीमित गर्नुहोस् । अत्यधिक क्याफिनयुक्त पेय पदार्थहरू जस्तै– चिया, कफी आदिको सेवनले पेटमा एसिड उत्पादन बढाउन सक्छ र पेटको अस्तरमा जलन गर्न सक्छ । स्वस्थ पाचन प्रणाली कायम राख्नका लागि प्रशस्त पानी पिउनुहोस् । 

केही मिथक 

मिथक –ग्यास्ट्राइटिस जहिले पनि मसालेदार खानाको कारणले हुन्छ ।

तथ्य – मसालेदार खानाले पहिले नै सुजन भएको पेटको अस्तरलाई जलाउन सक्छ, यो ग्यास्ट्राइटिसको प्रत्यक्ष कारण होइन । 

मिथक – ग्यास्ट्राइटिस भनेको एउटा सानो पेट दुखाइ मात्र हो । 

तथ्य – धेरैलाई ग्यास्ट्राइटिस भनेको हल्का असुविधा मात्र हो भन्ने लाग्छ तर यसको उपचार नगरिएमा यसले गम्भीर समस्या निम्त्याउन सक्छ । जस्तै पेटको अल्सर वा पेटको क्यान्सर । 

मिथक – वृद्धवृद्धालाई मात्रै ग्यास्ट्राइटिस हुन्छ ।

तथ्य – ग्यास्ट्राइटिसले वृद्धवृद्धा मात्र होइन, जुनसुकै उमेरका मानिसलाई पनि असर गर्न सक्छ । यो उमेरको पर्वाह नगरी विभिन्न जीवनशैली, सङ्व्रmमणहरू वा एनएसएआइडी औषधीको साइड इफेक्टबाट हुन सक्छ ।

मिथक – एक पटक ग्यास्ट्राइटिस भएपछि सधैँ हुन्छ । 

तथ्य – उपयुक्त उपचार र जीवनशैली परिमार्जन गरे ग्यास्ट्राइटिस प्रायः यसको कारणको आधारमा व्यवस्थित वा निको हुन सक्छ ।

मिथक – पेन किलर (दुःखाइ कम गर्ने औषधी) ले ग्यास्ट्राइटिस कम गर्न मद्दत गर्छ ।

तथ्य – होइन, यी औषधी जस्तै एनएसएआइडीले पेटको प्रतिरक्षालाई कमजोर बनाउँछ । यदि तपाईंलाई पेट दुखेको छ भने तिनीहरू कहिलेकाहीँ र कम पटक मात्र लिनु पर्छ । धेरै व्यक्तिले ग्यास्ट्राइटिस कम गर्न यस प्रकारको औषधी लिन्छन्, जसले ग्यास्ट्राइटिसको अवस्था अझै बिग्रन्छ । 

मिथक – धूमपानले तपाईंको फोक्सोलाई हानि गर्छ, पेटलाई होइन ।

तथ्य – गलत । अधिकांश मानिसले धूमपानलाई ग्यास्ट्राइटिससँग जोड्दैनन् तर यो देखिएको छ कि चुरोटमा निकोटिन र अन्य विषाक्त पदार्थले पेटमा हाइड्रोक्लोरिक एसिडको उत्पादन बढाउँछ, जसले ग्यास्ट्राइटिस निम्त्याउन सक्छ । धूमपान प्यान्व्रिmयाज र पेट क्यान्सरको एक प्रत्यक्ष कारण पनि हो ।

मिथक – धेरै बेर भोको पेट बस्दा ग्यास्ट्राइटिस हुन सक्छ ।

तथ्य –प्रत्यक्ष होइन । जब तपाईं लामो समयसम्म खाना खानु हुन्न तब पचाउनका लागि कुनै खाना नभए पनि पेटले एसिड उत्पादन जारी राख्छ । 

ग्यास्ट्राइटिसका विभिन्न कारण, लक्षण र सम्भावित परिणाम हुन्छन् । प्रारम्भिक निदान र उपयुक्त उपचारले लक्षण व्यवस्थापन गर्न र जटिलता रोक्न सकिन्छ । ग्यास्ट्राइटिसमा सुरुसुरुमा सामान्य पेट दुख्ने समस्या देखे पनि समयमा उपचार नगर्नाले यसको जटिलता बढ्दै जान सक्छ ।