• ९ भदौ २०८१, आइतबार

हिजबुल्लाहका हजारौँ रकेट लन्चर नष्ट गरेको इजरायली दाबी

blog

जेरुसेलम, भदौ ९ गते । इजरायली सेनाले आफ्नो लडाकु विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौँ रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेको जनाएको छ ।

“ करिब १०० आईएएफ लडाकु विमानले दक्षिणी लेबनानमा रहेका हजारौँ हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्य इजरायलतर्फ लक्षित थिए ।

इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाव शोशानीले भन्नुभयो, “हिजबुल्लाले उत्तरी इजरायलतर्फ सयौँ रकेट र युएभी प्रहार गरेको छ ।”

“हिजबुल्लाहबाट भएको आक्रमण ‘योजनाबद्ध रूपमा गरिएको ठुलो आक्रमण योजनाको एक हिस्सा थियो र हामी आज बिहान यसको ठुलो मात्रालाई विफल पार्न सफल भयौँ,” हिजबुल्लाहले के लक्षित गरेको थियो भन्ने जानकारी दिन अस्वीकार गर्दै शोशानीले भन्नुभयो ।

“हामी अहिले आक्रमणपछिको अवस्थाको आङ्कलन गरिरहेका छौँ । अझै पनि केही आक्रमणहरू भइरहेका छन्,” शोशानीले भन्नुभयो । “आक्रमणबाट त्यहाँ सामान्य क्षति भएको छ,” उहाँले भन्नुभयो ।

शोशानीले हिजबुल्लाहमाथि आइतबार भएको आक्रमणमा अमेरिकासहित इजरायलका साझेदारले भाग नलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आइतबार बिहान इजरायलीतर्फबाट केही कारबाही भएका छन् ।” रासस/एएफपी