• ९ भदौ २०८१, आइतबार

अमेरिकासँगको वार्तामा ताइवान र सुरक्षाबारे ‘गम्भीर चासो’ व्यक्त गर्ने चीनको भनाइ

blog

बेइजिङ, भदौ ९ गते । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आगामी अगस्ट २७ देखि २९ सम्म गर्ने चीन भ्रमणमा चीनले आफ्नो चासोका विषयलाई गम्भीररूपमा राख्ने बताएको छ ।

संयुक्त राज्य अमेरिकासँगको आगामी वार्तामा ताइवान र अन्य सुरक्षा विषयमा ’गम्भीर चिन्ता’ व्यक्त गर्ने चीनको याेजना रहेको चीनको राष्ट्रिय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सरकारी प्रसारक सीसीटीभीले भनेको छ, “वार्तालाई चीनले ताइवान मुद्दा, विकासको अधिकार र चीनको रणनीतिक सुरक्षाका सम्बन्धमा कडा माग गर्न प्रयोग गर्नेछ ।”

सुलिभानले नोभेम्बरमा हुने अमेरिकी चुनावअघि तनाव व्यवस्थापनका लागि चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुहुनेछ ।

सन् २०१६ पछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको यो पहिलो चीन भ्रमण हो, यद्यपि विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत अन्य वरिष्ठ अधिकारीहरूले विगत दुई वर्षमा चीनको भ्रमण गरेका छन् । रासस/एएफपी