• १ भदौ २०८१, शनिबार

सरकारका कामबारे प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच छलफल

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुहुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, भदौ १ गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा कुराकानी भएको छ। 

शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटको फोटो सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री ओलीले राजनीतिक विमर्श भएको जानकारी गराउनुभएको हो। 

भेटपछि प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ, ‘‘आज शनिबार । नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए।’