• ३२ साउन २०८१, शुक्रबार

एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक भदौ ९ गतेदेखि

blog

काठमाडौँ, साउन ३२ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक भदौ ९ गतेदेखि बस्ने भएको छ । पार्टी महासचिव घनश्याम भुसालले भदौ ९, १० र ११ गते बिहान काठमाडौँमा बैठक बस्न लागेको जानकारी दिनुभयो । उहाँले बैठकमा केन्द्रीय कमिटी सदस्यहरुको सपथ ग्रहण, केन्द्रीय संरचना निर्माणलगायत विविध विषय प्रस्तुत गर्ने कार्यक्रम रहेको बताउनुभयो । रासस