• ३२ साउन २०८१, शुक्रबार

एक हप्तापछि शवको पहिचान खुल्यो

blog

तिलाचन पाण्डे

तम्घास, साउन ३२ गते । साउन २६ गते बडिगाड खोलामा फेला परेको शवको पहिचान खुलेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–८ को बडिगाड खोलामा फेला परेको शव बाग्लुङ  ढोरपाटन नगरपालिका–२ ढडेनचौरकी ६५ वर्षीय जुठी सार्कीको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

निजका छोराहरू जोकबहादुर र ठमबहादुर सार्कीले गुल्मी अस्पतालमा आएर शवको पहिचान गर्नुभएको हो । निजको शवलाई पोष्टमार्टम गरी छोराहरूको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । 

२६ गते बिहानदेखि परिवारको सम्पर्कमा आमा नरहेको प्रहरीसमक्ष छोराहरूले जानकारी गराउनुभएको थियो । सोही दिन साँझ उहाँको शव खोलामा फेला परेको थियो । जुठीलाई खोलाले बगाएर ल्याएको हुन सक्ने पोखरेलले बताउनुभयो ।