• ३२ साउन २०८१, शुक्रबार

अफगानिस्तानको पार्किङ स्थलमा राखिएको ट्रकमा आगलागी

blog

अफगानिस्तान, साउन ३२ गते । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात सहरमा भन्सारको पार्किङस्थलमा आगलागी हुँदा व्यापारिक सामान बोकेका धेरै ट्रकहरू खरानीमा परिणत भएका छन् ।

भन्सार कार्यालयका डेपुटी मौलावी इस्मातुल्लाह यासारले आगलागीबाट ठुलो धनको क्षति भएको बताउनुभयो । प्राविधिक समस्याका कारण लागेको आगलागीले पार्किङस्थल र नजिकैका डिपोमा रहेका धेरै ट्रकहरू जलाएर ठुलो क्षति पुर्‍याएको बताउनुभयो ।

प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल्लाह इन्साफले आगलागीबाट कुनै मानवीय क्षति नभएको बताउँदै लाखौँ अमेरिकी डलरको धनमालको क्षति हुनसक्ने र यकिन तथ्याङ्क मूल्याङ्कन र अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल