• ३२ साउन २०८१, शुक्रबार

इजिप्टमा बेरोजगारी दर ६.५ प्रतिशतमा घट्यो

blog

इजिप्ट, साउन ३२ गते । इजिप्टको बेरोजगारी दर यस वर्षको दोस्रो त्रैमासिकमा ६.५ प्रतिशतमा झरेको छ । जुन पहिलो त्रैमासिकमा ६.७ प्रतिशत रहेको देशको आधिकारिक तथ्याङ्क निकायले बिहीबार जनाएको छ ।

सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेसन एण्ड स्ट्याटिस्टिक्स (क्यापमास) का अनुसार पुरुष बेरोजगारी दर अघिल्लो त्रैमासिकको ४.४ प्रतिशतबाट दोस्रो त्रैमासिकमा ४.२ प्रतिशतमा झरेको छ भने महिलाको बेरोजगारी दर पहिलो त्रैमासिकको १६.५ प्रतिशतबाट बढेर १७.३ प्रतिशत पुगेको छ ।

कुल श्रमशक्ति अघिल्लो त्रैमासिकमा ३१.४० मिलियनबाट थोरै बढेर ३१.४२ मिलियनमा पुगेको छ । जसमा सहरी क्षेत्रमा १३.८६ मिलियन र ग्रामीण क्षेत्रमा १७.५६ मिलियन रहेको छ । पुरुषले २५.८० मिलियन कार्यबल बनाएका छन् भने महिलाको हिस्सा ५.६२ मिलियनभन्दा बढी छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल