• १६ भदौ २०८१, आइतबार

विकासको पहिलो आधार राजनीतिक स्थिरता : मुख्यमन्त्री शाह

blog

प्रदेश सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह ।

अविनाश चौधरी

धनगढी, साउन ३० गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासको पहिलो आधार राजनीतिक स्थिरता रहेको बताउनुभएको छ । प्रदेश सभामा आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि नयाँ राजनीतिक सहमति भएको मुख्यमन्त्रीको भनाइ छ । 

मुख्यमन्त्री शाहले राजस्व सङ्कलनमा देखिएको समस्या समाधान भइसकेको जनाउँदै बजेटको समस्या पनि चाँडै निकास दिने प्रयासमा प्रदेश सरकार रहेको उल्लेख गर्नुभयो । “विनियोजन ऐन र आर्थिक ऐन पास गरेर चाँडै नै चालु र पुँजीगत खर्च अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो । 

मुख्यमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।