• १६ भदौ २०८१, आइतबार

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका निम्ति उपयुक्त नारा प्रस्ताव गर्न आग्रह

blog

काठमाडौँ, साउन २९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी भदौ २० गते मनाइने महिला तथा बालबालिका बेचबिखनविरुद्धको दिवसका लागि उपयुक्त नारा प्रस्ताव गर्न आग्रह गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गरी हरेक वर्ष यस दिवसका अवसरमा राष्ट्रिय नारा तय गरी तीनै तहका सरकारले भव्य र सभ्यरुपमा मनाउने भएकाले यस वर्षका लागि सान्दर्भिक नारा चार दिनभित्रमा इमेलमार्फत प्रस्तावित गर्न आग्रह गरेको हो । 

सन् २००२ मा काठमाडौँमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ११ औँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि, २००२ लाई तत्कालीन व्यवस्थापिका संसद्बाट अनुमोद न गरेको दिन (२०६३ भदौ २० गते) को स्मरणमा हरेक वर्ष यो दिवस मनाउँदै आइएको छ । रासस