• १६ भदौ २०८१, आइतबार

महिन्द्राको 'युभो टिच प्लस' ट्रयाक्टर नेपालमा

blog

महिन्द्राको ‘युभो टिच प्लस’ टेक्टर नारायणगढको विक्रेता विएसवि अटो मोवाइल प्रालिमा लन्च गरिँदै । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली 

भरतपुर, साउन २८ गते । बहुराष्ट्रिय कम्पनी महिन्द्रा समूह अन्तर्गतको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले उत्पादन गरेको नयाँ ट्रयाक्टर ‘युभो टिच प्लस’ नेपाल भित्रिएको छ। महिन्द्राको नेपालस्थित आधिकारिक विक्रेता अग्नि ग्रुपले नारायणगढ, विराटनगर, दमक, जनकपुर, वीरगन्ज, र नेपालगन्ज गरी ६ वटा सहरमा सोमवार एकै पटक सो ट्याक्टरको लन्चिङ्ग गर्दै नेपालमा बिक्री खुला गरेको हो । 

अग्निले सो ट्रयाक्टर आफ्ना डिलर तथा डिलर लोकेसनमार्फत ग्राहकहरूलाई बिक्री गर्ने गर्दछ । अग्निका बजार व्यवस्थापक बलराम बस्नेतले अहिले बजारमा आएको ट्याक्टरमा उच्च स्तरीय प्रविधि र गुणस्तरीय सुविधा रहेको बताउनुभयो । महिन्द्राको नेपालस्थित डिलर ले आफ्ना ग्राहकहरूलाई छिटो छरितो तथा नयाँ प्रविधिको ट्रयाक्टर उपलब्ध गराउनको निमित्त ट्याक्टरको नयाँ मोडल युभो टिच प्लस’ बजारमा ल्याइएको पनि उहाँले जनाउनुभयो । 

विभिन्न माटोको प्रकार र कृषि अनुप्रयोगहरूमा आधारित गियर गति चयन गर्न मद्दत गर्ने यो टेक्टरले उच्च परिशुद्धता नियन्त्रण भल्भहरू र उत्कृष्ट–इन–क्लास लिफ्ट क्षमता राख्ने बताइन्छ । धेरै भार वहन गर्ने क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, फ्ल्याट प्लेटफर्मको साथ दुवै साइडमा सिफ्ट गियर लिभर, आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरहरूका कारण यो ट्रयाक्टर  कृषि र ढुवानी कार्यको लागी उपयुक्त हुने पनि उहाँले जनाउनुभयो । 

नारायणगढमा यो टेक्टर वि एस वि अटो मोबाइल प्रालिले बिक्री गर्ने छ । महिन्द्रा सङ्ख्यात्मक आधारमा विश्वकै नम्बर १ ट्रयाक्टर उत्पादक कम्पनी हो । सन् १९६३ मा संयुक्त राज्य अमेरिकाको इन्टरनेसनल हार्भेस्टर इंकसँगको संयुक्त उद्यममार्फत आफ्नो पहिलो ट्रयाक्टर ल्याएयता अन्तर्राष्ट्रिय महिन्द्रा एन्ड महिन्द्रा मार्च २०१९ सम्म ३० लाख ट्रयाक्टर बिक्री गर्ने पहिलो भारतीय ट्रयाक्टर ब्रान्ड भएको बताइन्छ । 

महेन्द्रको नेपालस्थित आधिकारिक डिलर अग्नि ग्रुपको नेपालभरि ३६ वटा डिलर्स रहेका मध्ये १७ वटाले टेक्टर बिक्री वितरण गर्ने गर्दछन् ।