• १८ साउन २०८१, शुक्रबार

कर्णाली सरकारमा कांग्रेसका चार मन्त्री बन्ने

blog

नवीन सुवेदी
सुर्खेत, साउन १८ गते ।
नेपाली कांग्रेसका सांसद राजीवविक्रम शाहको नेतृत्व कर्णाली प्रदेश सरकारमा सहभागी बनेको छ ।
सांसद शाहको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बन्नुभएको छ ।

कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको जानकारी दिनुभयो । त्यस्तै, भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी, बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयको जिम्मेवारी दिइएको प्रवक्त शाहीको भनाइ छ ।

प्रवक्ता शाहीका अनुसार कर्णाली सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइएको छ ।
मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुखलाई सिफारिस गरी आजै दिउँसो २ बजेसम्म शपथ ग्रहण कार्यक्रम हुने बताइएको छ ।