• ९ जेठ २०८१, बुधबार

युक्रेनको द्वन्द्वले अफ्रिकामा सङ्कट

blog

डाकार, वैशाख २० गते । युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न सङ्कट देखापरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ–युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ ।

उहाँले युक्रेनमा रुसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरुमा खाद्यान्न, उर्जा र आर्थिक सङ्कट परेको उल्लेख गर्नुभएको समाचारमा जनाइएको छ ।महासचिव गुटरेसले पछिल्लो समयमा यस्तो संकट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्नका लागि विश्वका दाता देशहरु, अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गनुएभययो ।

उहाँले यस्तो सङ्कटको अवस्थामा कमी ल्याउन युक्रेन सहयोग समूह नै स्थापना भएको र यसमार्फत् पनि के कसो गर्न सकिन्छ भनेर तयारी भएको पनि बताउनुभएको समाचारमा जनाइएको छ ।रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा तेलको समस्या उत्पन्न भएको बताइएको थियो । जसका कारणले पछिल्लो समयमा आर्थिक सङ्कट मात्र नभएर खाद्यान्न लगायतको समस्या पनि उत्पन्न भएको हो ।