• ८ जेठ २०८१, मङ्गलबार

साङ्घाइमा घटे कोरोनाका सङ्क्रमित

blog

साङ्घाइ, वैशाख २० गते । चिनियाँ सहर साङ्घाइमा कोरोना भाइरसका सङ्क्रमित घटेका छन् । साङ्घाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घण्टामा यहाँ २७४ जनामा मात्र सङ्क्रमण देखिएको बताएका छन् ।

अधिकारीहरुले यहाँ अहिले पनि पाँच हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको बताएका छन् ।

यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना सङ्क्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो। यहाँको म्युनिसिपल हेल्थ कमिसनले साङ्घाइमा पछिल्ला केही दिनमा कोरोनाका सङ्क्रमितहरु घट्दै गएको बताएका हुन् ।