• ८ साउन २०८१, मङ्गलबार

किन सम्झने पुष्पलाललाई

blog

पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको धरोहर र एउटा क्रन्तिकारी योद्धा थिए । नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव थिए । उनकै पहलकदमी र नेतृत्वमा २००६ साल वैशाख १० गते अन्तर्राष्ट्रिय सर्वहारा वर्गका नेता लेनिनको जन्म दिवसको अवसर पारेर भारतको कलकत्ताको श्यामबजारमा एक जना बङ्गालीको घरमा बसेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । 

नेपाल कम्युनिस्ट पार्टीको स्थापना पाँच जना युवा पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ मिलेर निर्माण गरेका थिए । पुष्पलाललाई महामन्त्रीमा निर्वाचित गरिएको थियो । त्यतिबेला देशभित्र जहानियाँ राणाको भीषण दमन चलिरहेको थियो । नेपालमै बसेर राणा शासन विरोधी राजनीति गर्न सक्ने वातावरण थिएन । त्यसैले भारतमा पुगेर नेकपा स्थापना गरिएको थियो ।  पुष्पलालको निधन आजकै दिन अर्थात् विक्रम संवत् २०३५ साउन ७ गते भारतको राजधानी नयाँ दिल्लीस्थित गोविन्द बल्लभ अस्पतालमा भएको थियो । 

पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान गर्नुभएको छ । माक्र्सवादलाई पहिलो पटक नेपाल भित्र्याउने श्रेय पुष्पलाललाई जान्छ । उनले नेपालमा त्यस प्रकारको क्रूर जहानियाँ राणा शासनको दमनको दबदबा भइरहेको कठिन र जटिल अवस्थामा प्रवासमा बसेर नेकपा स्थापना मात्र गरेनन् वैज्ञानिक समाजवादी व्यवस्था लागु गर्न वर्गविहीन, राज्यविहीन समानतामूलक समाजको परिकल्पनासमेत गरे । सबैखाले शोषण, दमन, अन्याय, अत्याचार र उत्पीडनको अन्त्य गरिए नौलो साम्यवादी संसार निर्माण हुने छ भनेरै यस्तै खालको राजनीतिक कार्यनीति एवं रणनीतिक योजना तर्जुमा गर्ने पहिलो क्रन्तिकारी योद्धा पनि थिए पुष्पलाल । 

पार्टी स्थापना भएको पर्सिपल्ट अर्थात् २००६ साल वैशाख १२ गते प्रकाशित नेकपाको पहिलो पर्चामा नै नेपाली जनताले नागरिक अधिकार प्राप्त गर्नुपर्ने, ‘जग्गा जोत्नेको, घर पोत्नेको’ भन्ने नाराका साथ सामन्तवाद र साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रन्तिको कार्यक्रम सार्वजनिक गरिएको थियो । पुष्पलालको मुख्य सपना नयाँ जनवादी क्रन्ति सम्पन्न गरेर नेपाली समाजलाई वैज्ञानिक समाजवादमा पुर्याउने थियो ।

२०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन भएको थियो । उक्त महाधिवेशनमा पुष्पलाललाई महामन्त्री पदमा हराएर मनमोहन अधिकारीलाई महामन्त्री पदमा निर्वाचित गरिएको थियो । तैपनि पुष्पलाई विचलित नभई पार्टी काममै निरन्तर व्रिmयाशील रहे । 

२०१४ सालमा नेकपाको दोस्रो महाधिवेशन सम्पन्न गरिएको थियो । त्यस महाधिवेशनबाट पनि राजावादी डा. केशरजङ्ग रायमाझीलाई महामन्त्री पदमा निर्वाचित गरिएको थियो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले सैनिक ‘कु’ मार्फत निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाको घोषणा गरी राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाएका थिए । उक्त शाही कदमको नेकपाको तत्कालीन महामन्त्री डा. केशरजङ्ग रायमाझीले खुलेर स्वागत गरेका थिए । 

२०१९ सालमा नेकपाको तेस्रो महाधिवेशन सम्पन्न भएको थियो । त्यस महाधिवेशनले नेपाली क्रन्तिको कार्यक्रम नयाँ जनवादीलाई पन्छाएर रुसी मोडलको ‘राष्ट्रिय प्रजातन्त्र’ नाम दिइएको पुँजीवादी संसदीय कार्यक्रम पारित गरेको थियो । महामन्त्री पदमा रुसी समर्थक तुलसीलाल अमात्यलाई महामन्त्री पदमा निर्वाचित गरी डा. केशरजङ्ग रायमाझीलाई पार्टीबाट निष्कासन गरिएको थियोे । 

त्यसपछि पार्टीले वैचारिक नेतृत्व र साङ्गठनिक नेतृत्व प्रदान गर्न नसकेपछि २०२१-२०२२ तिर नेकपा दिशाविहीन भएर टुक्रा टुक्रामा विभाजित हुन पुगेको थियो । त्यसैबेला नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध तुल्याउने उद्देश्यले पुष्पलालले २०२५ सालमा गोरखपुरमा नेकपाको तेस्रो महाधिवेशनको आयोजना गरेका थिए । सोही महाधिवेशनमा नेपाली क्रन्तिको कार्यक्रम ‘नौलो जनवाद’ पारित गरी महामन्त्री पुष्पलाललाई निर्वाचित गरिएको थियो ।

२०२९ सालमा पुष्पलालले मुलुकको राष्ट्रिय राजनीतिक अवस्थाको अध्ययन विश्लेषण गरेर निरङ्कुश राजतन्त्र अन्त्य गरेर २०१७ पुस १ गते राजा महेन्द्रद्वारा अपदस्त गरिएको बहुदलीय व्यवस्था पुनस्र्थापनाका लागि नेपालका कम्युनिस्टले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने विचार अगाडि सारेका थिए । उनको त्यस विचार र निर्णयप्रति कम्युनिस्टहरूबाटै विरोध भएको थियो र कमरेड पुष्पलाललाई ‘गद्दार’ समेत घोषणा गरिएको थियो । नेपाली कांग्रेसका सभापति विश्वेश्वरप्रसाद कोइराला कम्युनिस्ट विरोधी भएकै कारण पुष्पलालकै जीवनकालमा संयुक्त जनआन्दोलनको कार्यव्रmम कार्यान्वयन हुन सकेन भने नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने पुष्पलालको योजना र सपना पनि अधुरै रह्यो ।

२०३५ साल साउन ७ गते पुष्पलालको निधन भयो । त्यसपछि २०४६-२०४७ सालको पञ्चायती व्यवस्था विरोधी संयुक्त जनआन्दोलन भयो । नेपाली कांग्रेस र कम्युनिस्टबिचमा कार्यगत भएपछि २०४६ साल चैत २६ गते ३० वर्षेे निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था पुनस्र्थापना हुन पुग्यो । २०४६÷४७ सालको संयुक्त जनआन्दोलन सफल भएपश्चात् कमरेड पुष्पलालले अगाडि सारेको संयुक्त जनआन्दोलनसम्बन्धी विचार कार्यान्वयन हुन पुग्यो ।

 पुष्पलाल उच्च विचार र सादा जीवनका धनी थिए । उनले कहिले पनि आफ्नो व्यक्तिगत जीवन र स्वार्थलाई केन्द्रमा राखेनन् । जीवनमा ठुलो आर्थिक कठिनाइको सामना गरेका पुष्पलालले देशभित्र पार्टीमाथि प्रतिबन्ध लगाइएका कारण भारतको वनारसमा विस्थापित जीवन बिताएका थिए । उनलाई वनारसीको बसाइँमा सामान्य साँझ बिहानको खाना खाने पैसाको समेत अभाव थियो । तैपनि उनी कहिल्यै आत्तिएनन् । बिरामी भएको बेला आर्थिक अभावका कारणले उचित औषधी उपचार नपाएर ५४ वर्षकै उमेरमा २०३५ साल साउन ७ गते उनको देहान्त भयो ।

पुष्पलाल कम्युनिस्ट व्रmान्तिकारी योद्धा मात्रै नभएर इतिहासविद् र संस्कृतिविद् पनि थिए । उनले पहिलो पटक नेपाली समाजको वर्ग विश्लेषण द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा गरेका थिए । नेपालको इतिहासको अध्ययन र व्याख्या पनि दार्शनिक रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आधारमा गरेका थिए । 

नेपालका सबै कम्युनिस्टले आफूलाई पुष्पलालका अनुयायी भएको भन्न कहिल्यै थाक्दैनन् । उनीहरूले आफूलाई पुष्पलालपन्थी भन्दै आएका छन् तर पुष्पलाल पथमा हिँडिरहेका छैनन् । किनभने पुष्पलालले स्थापना गरेको नेपाली कम्युनिस्ट आन्दोलनले ७५ वर्ष पार सक्दासम्म पनि नेपालमा व्रmान्ति सम्पन्न भएको छैन । जसका कारण पुष्पलालका नेपाली व्रmान्तिका सुन्दर सपना अधुरै छन् । यति लामो अवधिसम्म पनि पुष्पलालका सपना साकार हुन नसक्नुमा उनकै अनुयायी भनिएका नेपालका कम्युनिस्ट पुष्पलाल पथमा हिँड्न नसक्नु प्रमुख कारण बन्न पुगेको छ । 

२०२८ सालमा सशस्त्र झापा विद्रोह भयो । त्यस विद्रोहमा नेपाली जनताको ठुलो योगदान भएको छ । पाँच पाँच जना रामनाथ दाहाल, नारायण श्रेष्ठ, नेत्र घिमिरे, वीरेन राजवंशी र कृष्ण कुँइकेलहरू सहिद बन्न पुगे । दश वर्षे जनयुद्धको अवधि मात्रै दसौँ हजार नेपाली आमाका असल छोराछोरीले जीवन उत्सर्ग गरे । हजारौँको सङ्ख्यामा घाइते÷अपाङ्ग बनाइए र हजारौँको सङ्ख्यामा राज्यले बेपत्ता पा¥यो । तिनीहरूको स्थिति आजसम्म सार्वजनिक गरिएको छैन । 

पुष्पलालका अनुयायी भन्न चाहनेहरूले उनका सपनासमेत साकार पार्न सकिरहेका छैनन् । नेपालका बहालवाला कम्युनिस्टले पुष्पलाल पथमा नहिँडेकै कारणले नेपाली व्रmान्तिले आफ्नो लक्ष्य प्राप्त गर्न सकिरहेको छैन । पुष्पलाललाई आदर्श र संस्थापक महासचिवका रूपमा मान्दै आएका आजका व्रmान्तिकारी धाराका गैर संसदीय व्रmान्तिकारी कम्युनिस्ट संसदीय कम्युनिस्टहरूको भ्रमकै कारण अघि बढ्न सकेका छैनन् । 


Author

हस्तबहादुर केसी