• ३ साउन २०८१, बिहिबार

मोटरसाइकल र अटो ठोक्किँदा दुई घाइते

blog

शालिग्राम नेपाल 

चितवन,साउन ३ गते । पूर्वी चितवनको रत्ननगर नगरपालिका –७ घण्टाघरमा गएराति मोटरसाइकल र अटो एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जानकारी दिएको छ । 

बुधवार राति ११ः४० बजेको समयमा सौराहाबाट टाँडीतर्फ आउँदै गरेको ना ५५ प ९६०२ नम्बरको मोटरसाइकल र चित्रसारीपुलबाट सौराहा जाँदै गरेको बागमती प्रदेश ०३–००१ प १५७१ नम्बरको अटो एकआपसमा ठोक्किएको थियो । 

दुई सवारी आपसमा ठोक्किँदा मोटरसाइकल चालक रत्ननगर –८ बस्ने वर्ष २२ को विशाल ठकुरी सामान्य घाइते हुनुभएको छ । उहाँको दाहिने हातमा चोट लागेको छ । अटोमा सवार कालिका नगरपालिका –७ बस्ने ३८ वर्षीय लक्ष्मी कुमाल गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उहाँको दाहिने हात र निधारमा चोट लागेको छ । गम्भीर घाइते कुमालको  बकुलहर टाँडी अस्पतालमा उपचार भइरहेको छ ।