• १६ चैत २०८०, शुक्रबार

सूचना तथा सञ्चार प्रविधिको विकासमा के गर्दै छ सरकार ?

blog

काठमाडौं, वैशाख १९ गते । सूचना तथा सञ्चार प्रविधिमा भएको तीव्र विकासले गर्दा आधुनिक विश्व नै एक गाँउमा रुपान्तरण भएको छ । हालका वर्षहरुमा दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्बन गरिएका रणनीतिहरुको केन्द्रमा सूचना तथा सञ्चार प्रविधि रहँदै आएको छ ।

विश्वव्यापी रुपमा सूचना प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तरक्रिया तथा सार्वजनिक सेवा तथा सूचना प्रवाहमा आधारभूत परिवर्तन आएको छ । सूचना प्रविधिको प्रयोगमार्फत प्राप्त हुने अन्य लाभका अतिरिक्त यो प्रविधिको प्रयोगबाट सुशासनको प्रत्याभूत गर्नुका साथै बढी सूचना प्रविधि र सूचना प्रविधिमा आधारित विभिन्न सेवाहरु लगायत अन्य उद्योग एवम् सेवाजन्य व्यवसायको वृद्धिदर बृहत्तर लक्ष्यहरु हासिल गर्नमा समेत यो प्रविधि सहायक हुने देखिएको छ । यसैक्रममा नेपाल सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२२ लाई भव्यरुपमा मनाउन लागेको छ । २०७४ सालबाट सरकारले यो दिवस राष्ट्रिय रुपमा मनाउँदै आएको हो ।


हरेक वर्ष सरकाले मनाउँदै आएको यो दिवस यो वर्ष मे २ का दिन विभिन्न कार्यक्रम गरी मनाउँदैछ । ‘गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको बिस्तार, समुन्नत राष्ट्र निर्माणको आधार’ भन्ने मूल नाराका सरकारले यो दिवस मनाउन लागेको छ । पहिलो दिनमा अवार्ड सो हुनेछ । यसपटक सरकारले विभिन्न पाँच वटा विधामा आइसिटी अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव अनिलकुमार दत्त अनुसार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रचारप्रसारका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले आईसिटीडे डट जिओभि डट एनपि वेबसाइट अद्यावधिक गर्ने निर्णय गरेको छ ।

त्यसबाट आइटीसम्बन्धी सूचना प्रवाह हुनेछ । यसका साथै दिवसको अवसरमा सामाजिक सञ्जालहरुमा ह्यासटयाग २०२२ प्रयोग गर्ने उहाँले बताउनुभयो । नेपाल आइसीटी डे को सन्दर्भमा गोरखापत्रअनलाइनले सूचना तथा सञ्चार प्रविधिको महत्व, चुनौती, विकासलगायतका विषयमा मन्त्रालयका सहसचिव अनिलकुमार दत्तसँग भिडियो कुराकानी गरेका छौँ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।