• १२ साउन २०८१, शनिबार

पोखराको रामघाट क्षेत्र जलमग्न

blog

रमेश पौडल 

पाेखरा, असार २८ गते । लगातार परेको पानीसँगै आएको सेती नदीको बाढीले पोखरा रामघाट क्षेत्र जलमग्न भएको छ । सेती नदीको रामघाट ,शान्ति घाट, तुलसी घाट र बौद्दअर्घौसदन लगायतका क्षेत्र जलमग्न भएको हो । 

उक्त क्षेत्र पोखरी नै हुँदा मृत्यु संस्कारमा लास जलाउन समस्या भएको छ । बौद्दअर्घो सदनका निर्माण समितिका संयोजक खिमबहादुर गुरुङका अनुसार सेतीको पानी ५० फिट माथि आएको छ ।

शव अन्त्यटी गर्ने समस्या भएपछि उक्त स्थान सफा गर्न सुरु गरिएको गुरुङले जानकारी दिनुभयो ।