• १५ वैशाख २०८१, शनिबार

सिंह र अर्यालको कार्यकाल सफल : गृहमन्त्री

blog

काठमाडौं, वैशाख १८ गते । गृह मन्त्रीले बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई बिदाइ गर्नुभएको छ ।

गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त महानिरीक्षक राजु अर्याललाई बिदाइ गर्नुभएको हो 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरुलाई नेपाल प्रहरीको महानिरीक्षक र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही कारणले मन्त्रालयले अतिरिक्त महानिरीक्षकको पदमा रहँदा उहाँहरुले पुर्याउनुभएको योगदानको चर्चा गर्दै गृहमन्त्रीले बिदाइ गर्नुभएको हो ।

अतिरिक्त महानिरीक्षक सिंह र अर्यालको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले उहाँहरुले आफ्नो कार्यकाल सफलताका सम्पन्न गर्नुभएको बताउनुभयो । सीमित स्रोत र साधनका अतिरिक्त पनि आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा दुवै प्रहरी सङ्गठनलाई धन्यवाद दिनुभयो ।

त्यस्तै, सीमा सुरक्षा, आम नागरिकको जीवन रक्षा, समाज र राष्ट्रमा हुने विभिन्न अवान्छनीय गतिविधिको नियन्त्रण, अपराधमूलक घटनाको नियन्त्रण र अपराध गर्नेहरुविरुद्धको कारबाहीलगायतका कार्य प्रशंसनीय रहेको उहाँको भनाइ छ ।

यसैगरी, प्राकृतिक विपद्का कठिन समयमा साहसजन्य कार्य र अन्य जुनसुकै घटना, दुर्घटनामा दुवै प्रहरीको उपस्थितिका कारण जीवनलाई सहजीकरण र समाजीकरण गरेको सन्दर्भ पनि गृह मन्त्रीले औंल्याउनुभयो ।

त्यस्तै, गृह मन्त्री खाणले कोभिड महामारीका बेला सिंह र अर्यालले संवेदनशील अवस्थामा पनि जिम्मेवारी पूर्वक कार्य निर्वाह गर्नुभएको चर्चा गर्नुभयो ।

अतिरिक्त महानिरीक्षक सिंह र अर्याल आफ्नो कार्यकालका बेला कुनै पनि विवादमा नआउनुभएको जानकारी पनि गृहमन्त्री खाँणले दिनुभयो ।

‘‘हाम्रो कारणले कहिलेकाही विवादमा आउनुभयो होला तर आफ्नो कार्यक्षेत्र र  जिम्मेवारीका कारण उहाँहरु कुनै पनि विवादमा आउनुभएन ।,’’ गृहमन्त्री खाँणले भन्नुभयो ।