• ८ जेठ २०८१, मङ्गलबार

अमेरिकी दूतावासद्वारा श्रीलङ्कामा हुने विरोध प्रदर्शन अघि ‘प्रदर्शन चेतावनी’ जारी

blog

कोलम्बो, वैशाख १८ गते । श्रीलङ्कामा रहेको अमेरिकी दूतावासले कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शन अघि ‘प्रदर्शन चेतावनी’ जारी गरेको छ ।

देशको आर्थिक अवस्थाको विरोध गर्न आइतबार कोलम्बो र वरपर धेरै प्रदर्शन र मार्चको योजना बनाइएको छ । ‘प्रदर्शनले कोलम्बोभित्रको यात्रालाई अझ कठिन बनाउने र दिनभर सडक बन्द र ट्राफिक जाम निम्त्याउने सम्भावना छ,’ अमेरिकी दूतावासले जनाएको छ ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । यसले खाद्यान्न र बिजुलीको अभावसँग जुधिरहेको छ जसले धेरै मानिसलाई असर गरिरहेको छ । अहिले देशलाई आफ्ना छिमेकीहरूबाट सहयोग लिन बाध्य पारिरहेको छ ।

कोभिड१९ महामारीको समयमा पर्यटनमा रोक लगाएको कारणले गर्दा विदेशी मुद्राको अभाव भएकाले मन्दी आएको हो। यसले देशलाई पर्याप्त इन्धन किन्न असमर्थ बनाएको छ । मानिसहरूले खाद्यान्न र आधारभूत आवश्यकता जस्तै इन्धन र ग्यासको तीव्र अभावको सामना गरिरहेका छन् ।