• २० असोज २०८१, आइतबार

के–पप वर्ल्ड फेस्टिभलमा प्रस्तुति

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार २४ गते । दक्षिण कोरियामा आयोजना हुने के–पप वर्ल्ड फेस्टिभलका लागि नेपाली कलाकारले शनिबार प्रस्तुति दिएका छन् । अनलाइनमार्फत पहिलो चरणको छनोट प्रव्रिmयाका लागि ३० भन्दा बढीले भाग लिएका थिए । प्रारम्भिक चरणको छनोट प्रव्रिmया अनलाइनमार्फत जेठ २३ देखि असार ९ गतेसम्म आयोजना गरिएको थियो । त्यस अनलाइन प्रतियोगिताबाट छानिएकामध्ये नृत्य समूह, एकल नृत्य, गायनसहित १२ टोलीले शनिबार प्रस्तुति दिएका हुन् । विश्वभरका के–पप सङ्गीतप्रेमीलाई मनोरञ्जन दिन र कोरियाको आधुनिक संस्कृतिको अनुभूति गराउन हरेक वर्ष के–पप सङ्गीत फेस्टिभल हुँदै आएको छ । विश्वभर रहेका कोरियाली दूतावासले हरेक वर्ष के–पप क्षेत्रीय प्रारम्भिक राउन्ड आयोजना गर्ने गरेका छन् । 

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित प्रतियोगितामा नेपालस्थित गणतन्त्र कोरियाली राजदूत पार्क ताय–योङले स्वागत मन्तव्य व्यक्त गर्दै दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ स्वर्ण जयन्तीका अवसरमा के–पपका साथसाथै कोरियाली भाषा, संस्कृतिको माध्यमबाट कोरिया र नेपालबिच जनस्तरको सम्बन्ध बलियो हुँदै गएको बताउनुभयो । उहाँले कोरियाको छाङवोन सहरमा हुने अन्तिम प्रतिस्पर्धामा नेपाली समूह सहभागी हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो । 

प्रतियोगितामा सहभागी समूह नृत्यतर्फ अरेलिया समूह, गायनतर्फ अञ्जली नेपाली र एकल नृत्यतर्फ सम्राट सुनुवार छनोट हुनुभएको थियो । छनोट भएकाको प्रस्तुतिको श्रव्य दृश्यलाई अन्तिम मूल्याङ्कनका लागि कोरिया पठाइने जनाइएको छ । उल्लेखित तीनमध्ये छनोट हुनेले कोरियामा हुने ‘के–पप वल्र्ड  फेस्टिभल’ मा सहभागी हुन पाउने छन् । सन् २०११ मा दक्षिण कोरियाको छाङ्वोन सहरमा पहिलो पटक सो प्रतियोगिता आयोजना गरिएको थियो ।