• २४ असार २०८१, सोमबार

वर्षाले गोठ भत्किँदा दम्पती घाइते, तीन चौपाया मरे

blog

भीरकोट नगरपालिका वडा नम्बर ९ साउण्डीमा भत्किएको कच्ची गोठ । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, असार २१ गते ।
भीरकोट नगरपालिका वडा नम्बर ९ साउण्डीमा कच्ची गोठ भत्किँदा श्रीमान् श्रीमती घाइते भएका छन् ।

स्थानिय ६७ वर्षीय चन्द्रबहादुर सिंजालीको २ तले कच्ची गोठ अविरल वर्षाका कारण भत्किएको हो ।

गोठ भत्किँदा एक भैंसी र दुई बाख्रा मरेका छन् भने एक भैंसी घाइते भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।

चौपायालाई कुँडो दिन जाने क्रममा गोठ भत्किँदा सिंजाली र श्रीमती  ५८ वर्षीया ठकुकुमारी सिंजाली घाइते भएको रानाले बताउनुभयो ।

घाइते दुई जनाकै प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको बताउनुहुँदै रानाले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।