• २३ असार २०८१, आइतबार

निजामती कर्मचारीको वृत्ति विकासको प्रक्रिया प्रारम्भ

blog

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी । फाइल तस्बिर

काठमाडौँ, असार २० गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका लागि प्रक्रिया प्रारम्भ गरेको बताउनुभएको छ । 

नयाँ संविधान जारी भएपछि पनि सङ्घीय निजामती सेवा ऐन लामो समयसम्म संशोधन नहुँदा काम अगाडि बढ्न नसकेको उहाँले स्वीकार गर्नुभयो । विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमध्ये सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सम्बन्धमा सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफमा मन्त्री जोशीले सङ्घीय निजामती ऐन जारी हुन नसक्दा कर्मचारीको सरुवा-बढुवा तथा अन्य काम कारबाहीमा जटिलता पैदा भएको मन्त्री जोशीको भनाइ छ ।

“धेरैजसो कर्मचारी सङ्घमा बस्न खोज्ने, प्रदेश र स्थानीय तहमा जान नखोज्ने प्रवृत्ति पनि देखिएको छ । त्यसलाई समाधानका लागि सङ्घीय निजामती ऐन नै उपयुक्त विधि हुन्छ । त्यसका लागि मैले हदैसम्मको प्रयत्न गरेको छु”, मन्त्री जोशीले भन्नुभयो । दुई वर्षसम्म कुनै पनि कर्मचारीलाई सरुवा नगर्ने तथा उनीहरुको वृत्ति विकासको व्यवस्था हुने उहाँले बताउनुभयो । रासस