• २३ असार २०८१, आइतबार

भैंसे गोहोरो

blog

भरतपुर–माडी सडकमा देखिएको भैंसे गोहोरो । तस्बिरः सनद अधिकारी/रासस

नारायणगढ, असार २० गते । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने भरतपुर–माडी सडकमा देखिएको भैंसे गोहोरो । भैंसे गोहोरो ढाडमा हाड हुने वर्गमा पर्दछ ।

भैंसे गोहोरोको शरीरको लम्बाइ १७५ सेन्टिमिटर तथा पुच्छरको लम्बाइ १०० सेन्टिमिटर हुन्छ । वयस्कको अधिकतम तौल लगभग ७.२ किलोग्राम हुन्छ । भाले भैंसे गोहोरोको आकार पोथीको भन्दा केही ठुलो हुन्छ ।

यो गोहोरो मुख्यतया भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसिया तथा पश्चिम एसियाका केही स्थानमा पाइन्छ ।