• २३ असार २०८१, आइतबार

रास्वपा तत्काल सरकारबाट नबाहिरिने

blog

काठमाडौँ, असार २० गते । सत्ता साझेदार पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करिब २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको केन्द्रीय सदस्य एवं सङ्घीय सांसद अशोककुमार चौधरीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा रहने नरहनेबारे पार्टीमा छलफल जारी छ अहिलेलाई भने यथावत् नै हुने बताउनुभयो । पार्टीबाट गृहसहित चार जना मन्त्री सहभागी छन् । 

बुधवार नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनका दुई ठुला दल माओवादी केन्द्र र रास्वापका शीर्ष नेताबिचको बिहीबार बिहान प्रधानमन्त्रीसँग छलफल भएको थियो ।