• २१ असार २०८१, शुक्रबार

काठमाडौँको सोह्रखुट्टेमा सडक भासियो, पानीको मूल फुटेको आशङ्का

blog

काठमाडौँको सोह्रखुट्टेमा भाँसिएको सडक । तस्बिर : गाेरखापत्र

काठमाडौँ, असार १९ गते । काठमाडौँको सोह्रखुट्टेमा सडक भासिएको छ । बिहान करिब ५ः३० बजे ठुलो आवाजका साथ सडक भासिएर पानी निस्किएको काठमार्डौं महानगरपालिका १६ का कार्यवाहक वडाध्यक्ष पुष्प महर्जनले जानकारी दिनुभयो । 

 बुधवार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो । बुधवार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । 

भासिएको सडकको खाल्डोबाट पानी बाहिर निस्किएकाे छ, ठुलो आवाज पनि आएर सडक भासिएकाले पानीको मूल फुटेको हुनसक्ने अनुमान गरिएको महर्जनले जानकारी दिनुभयो । जुद्ध समसेरको पालामा गाडिएको खानेपानीको पाइपबाट पानी आएको आशङ्का गरिए पनि पानी बन्द गर्दा समेत उक्त खाल्डोबाट पानी आउन बन्द नभएपछि मूल फुटेको हुनसक्ने स्थानीयबासीको अनुमान छ ।

बिहानै परेको खाल्डोमा मोटरसाइकल खसेको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ । 

यता बिहानैदेखि सडकमा यातायात आवागमन ठप्प छ । सडक सञ्चालनका लागि सडक विभागले पहल सुरु गरे पनि पानी नरोकिएपछि समस्या भएको वडाध्यक्षको भनाई छ । 

पानी रोकिन साथ ग्राभेल गरेर सडकलाई सञ्चालन गर्ने तयारी गरिएकाे छ ।