• १६ असार २०८१, आइतबार

जसपा नेपालको उपाध्यक्षमा केसीको दाबी

blog

जसपा नेपालको उपाध्यक्षका दाबेदार नेता राजन केसी ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार १४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजन केसीले आफू उपाध्यक्षको दाबेदार भएको बताउनुभएको छ । गोरखापत्रसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले सो दाबी गर्नुभएको हो ।

हालै जनकपुरमा सम्पन्न पार्टीको केन्द्रीय महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत टुङ्गो लगाए पनि बाँकी पदाधिकारी र सदस्यको टुङ्गो लाग्न बाँकी रहेको उहाँको भनाइ छ । मधेस, तराई, पहाड हिमाल सबैतिरको भूगोल मिलाएर पार्टीमा प्रतिनिधित्व हुनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो । 

पार्टीलाई सशक्त र गतिशील बनाउन आफू उपाध्यक्ष पदमा समर्थ रहेको उहाँको भनाइ छ । आफूले खस समावेशी राष्ट्रिय पार्टीको संस्थापक उपाध्यक्ष भएर पनि काम गरेको उहाँले बताउनुभयो । २०७२ सालमा पार्टी एकीकरण गरी जसपा नेपालमा आएको उहाँले बताउनुभयो । उपाध्यक्ष जिम्मेवारी पाएमा पार्टीलाई उचाइमा लग्ने भूमिका निर्वाह गर्ने उहाँको प्रतिबद्धता छ ।