• ६ जेठ २०८१, आइतबार

संयुक्त राष्ट्रसङ्घका महासचिव युक्रेनमा

blog

दमास्कस, वैशाख १५ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेज युक्रेन पुग्नुभएको छ । उहाँले सो कुरा ट्वीट गरेर जनाउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु । बुधबार ट्वीट गरेर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेज युक्रेन पुग्नुभएको उहाँले सो कुरा ट्वीट गरेर जनाउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु । बुधबार ट्वीट गरेर उहाँले सो कुरा जानकारी दिनुभएको विभिन्न विदेशी सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

उहाँले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनुहुनेछ । राष्ट्रसंघीय महासचिव  गुटरेजले युक्रेनमा रहँदा यहाँका द्वन्द्वग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताउनुभएको छ । उहाँले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि ट्वीटमा बताउनुभएको छ ।

महासचिव  गुटरेज हालैमात्र रुसको भ्रमणमा जानुभएको थियो । त्यस भ्रमणका क्रममा उहाँले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताउनुभएको थियो ।