• १२ असार २०८१, बुधबार

भेरी नदीमा बालक बेपत्ता

blog

सहदेव बस्नेत

जाजरकोट , असार  ४ गते ।  जाजरकोटमा एक बालकको भेरी नदिमा बगेर  बेपत्ता भएका छन् । जिल्लाको नलगाड नगरपालिका ११ तल्लुका लोक बहादुर सिंहका छोरा  १६ वर्षका जलन सिंहको भेरीमा बगेर बेपत्ता भएका हुन ।  

स्थानीय गणेश सिंहका अनुसार जन्मजात मानसिक रूपमा अपाङ्गता भएका जलनको भेरी २ दिन अघि भेरी नदिमा बगेर  बेपत्ता भएको  र स्थानीय तथा प्रहरीको टोलीले खोज्दा समेत हाल सम्म शव प्राप्त गर्न नसकेको जानकारी दिनु भयो ।

 जाजरकोटमा बर्सेनि भेरी नदिमा डुबेर ३० , ४० जना नागरिकहरूले अकालमै ज्यान गुमाउनु परेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले बर्सेनि ठुलो सङ्ख्यामा नागरिकहरू भेरी नदिमा डुबेर ज्यान गुमाउने समस्या समाधानका लागि पूर्व तयारी गर्नु पर्ने बताउनु हुन्छ ।