• ४ असार २०८१, मङ्गलबार

प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत

blog

मकवानपुर समाचारदाता

हेटौँडा, असार १ गते । बागमती प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना बनाएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा शुव्रmबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको हो । 

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ देखि २०८५/६ सम्मको प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

मन्त्रीपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगले तयार पारेको आवधिक योजना आवश्यक थपघट गर्ने सुझावसहित स्वीकृत गरेको हो । प्रदेश सरकारले मकवानपुर जिल्लामा प्रादेशिक अस्पताल स्थापनाका लागि अध्ययन गर्ने कार्यदल गठनका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयलाई नीतिगत सहमति दिनेनिर्णय गरेको छ । 

प्रदेश स्वास्थ्य नीति २०८१ र आयुर्वेदिक औषधी उत्पादन संहिता र आयुर्वेद औषधीको लेबल डिजाइनको स्वीकृत गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको मन्त्री श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार चितवनमा आयुर्वेद अस्पताल रहेको र त्यस अस्पतालले के के औषधी उत्पादन गर्ने, त्यसको नाम, लेबल, औषधीमा प्रयोग हुने विभिन्न जडीबु्टीको विवरण उपलब्ध गराएकोमा अध्ययन गरेर स्वीकृत गरिएको छ ।